
काठमाडौँ-जल तथा मौसम विभागले भनेको छ कि मनसुनको प्रभाव पूरा देशमा छ। आज दिउँसो करिब सबै ठाउँमा बादल छाया रहने छ। कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा गर्जनै-चम्किनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको केही भागमा त धेरै ठूलो वर्षा हुन सक्छ।
>पहाड र हिमाली क्षेत्रमा पानी र हिउँ पर्न सक्छ। कोशीको तराई र मधेशका केही ठाउँमा हुरी चल्ने डर पनि छ। राति पनि यस्तै मौसम रहने देखिन्छ, विशेष गरी कोशी, मधेश र सुदूरपश्चिममा गर्जन-चम्किनसहित वर्षा हुन सक्छ।
विभागले चेतावनी दिएको छ कि यसले गर्दा नदी-नालाहरू उफ्रन सक्छन्, बाढी-पहिरो आउन सक्छ, र तराई तथा सहरमा पानी जम्न सक्छ। यातायात, खेती, र स्वास्थ्यमा असर पर्न सक्छ। सबैलाई सतर्क रहन र पहिलेदेखि तयारी गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे