
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाइनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारण सभामा बोल्दै देउवाले लगानी गर्न चाहने जोसुकैका लागि सहज, सरल र विश्वसनीय प्रक्रिया आवश्यक रहेको बताए। उनले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नहुने बताए।
उनले विद्युत् उत्पादन, खपत र व्यापारको प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै यसमा निजी क्षेत्रको सहभागीता अनिवार्य रहेको बताए। जलविद्युत् आयोजनाहरूको आइपीओ रोक्नु गलत निर्णय भएको भन्दै उनले धितोपत्र बोर्डले सेयर निष्कासन प्रक्रिया अघि बढाउने बताए।
नेपालको ऊर्जा क्षेत्रलाई प्रकृतिको उपहार भन्दै देउवाले ‘ग्रिन इनर्जी’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले मुलुकको सामाजिक तथा आर्थिक विकासमा उदारवाद र निजीकरणको नीति प्रभावकारी रहेको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने बताए। साथै, निजी क्षेत्रबाट बढ्दो विद्युत् उत्पादन र लोडसेडिङ अन्त्य हुनु सकारात्मक उपलब्धि भएको टिप्पणी गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे