
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् आउने समयमा उद्धार तथा राहतमा सक्रिय भूमिका खेल्न आफ्ना सदस्य र शुभेच्छुकहरूलाई आह्वान गरेको छ। पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै सबै तहका समिति, विभाग र सदस्यहरूलाई विपद् प्रतिकार्यमा जुट्न आग्रह गरेका हुन्।
हाल देशभर मनसुन सक्रिय भई बाढी, पहिरो र डुबानका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै उनले विगतको अनुभवले यस्ता घटनाबाट ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन्। विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षामा एकजुट हुनुपर्ने अर्यालको भनाइ छ। साथै, उनले मानवीय सेवाको भावनाका साथ उच्च सतर्कता अपनाउँदै सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अपिल गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे