
काठमाडौं । नेपालको अग्रणी खुद्रा व्यापार समूहमध्ये एक भाटभटेनी सुपरमार्केट्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)लाई आधुनिक संरचना ‘ईएचएस भवन’ औपचारिक रूपमा हस्तान्तरण गरिसकेको छ। करिब ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको उक्त भवन समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्ना स्वर्गीय पिता वृषबहादुर गुरुङ र माता धनमाया गुरुङको सम्झनामा निर्माण गराएका हुन्।
भवन हस्तान्तरण कार्यक्रम आज बिहान १० बजे महाराजगञ्जस्थित टिचिङ अस्पतालको परिसरमा आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष उपस्थिति जनाएका छन्।
भाटभटेनी समूहले निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक स्वास्थ्य क्षेत्रमा ऐतिहासिक योगदान प्रदान गरिसकेको छ। अत्याधुनिक सुविधासहितको यो ईएचएस भवनले अस्पतालको सेवा पूर्वाधारमा महत्वपूर्ण सुधार ल्याएको अपेक्षा गरिएको छ।
व्यवसायिक क्षेत्रमा स्थापना कालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको भाटभटेनी सुपरमार्केट्सले सार्वजनिक हितमा गरिएको संरचनागत लगानीमार्फत आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे