
काठमाडौँ । वर्षासँगै आएको लेदो र भेल बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग पुनः सुचारु भएको छ। आइतबार साँझ रोसी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलामा आएको लेदोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। त्यसैगरी, राति करिब १०ः३५ बजे रोसी–११ माम्ती खोलामा आएको भेलले सडक कटान गरी आवागमन बन्द गराएको थियो।
पिन्थली खण्डमा आइतबार साँझ ६ः३० बजेदेखि रोकिएको यातायात सोमबार बिहान ५ः५५ बजेबाट, माम्ती खण्डमा भने बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिए । सामान्य वर्षा हुँदा समेत राजमार्ग अवरुद्ध हुने गरेको छ। यस्तो समस्या न्यूनिकरणका लागि सडक डिभिजन कार्यालय भक्तपुरले राजमार्गभरि २१ वटा उपकरण तयारी अवस्थामा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे