
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै यसपटकको नीति राष्ट्र बैंकको चौथो रणनीतिक योजना, आगामी आर्थिक वर्षको बजेट तथा १६औं राष्ट्रिय योजना प्रतिवेदनलाई आधार मानेर तयार गरिएको जानकारी दिएका छन्।
उनका अनुसार सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समिति तथा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका सिफारिसहरू समेत समेटेर यो नीति निर्माण गरिएको हो।
गभर्नर पौडेलले मौद्रिक नीतिले समग्र वित्तीय स्थायित्व कायम राख्नुका साथै आर्थिक सुधार र विकासलाई गति दिने अपेक्षा गरिएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे