
काठमाडौँ, असार २७। माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता गर्ने घोषणा गरेका छन्। साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ । अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार भएका हुन् । ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति भयो ,’ पत्रमा भनिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे