
काठमाडौँ, असार २७। मधेश प्रदेश सरकारले वातावरणीय असन्तुलन र खडेरीको कारण सम्पूर्ण प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। धान रोपाइँ प्रभावित भएपछि यो निर्णय लिइएको हो।
प्रदेश सरकारले किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गरेको छ। साथै, कृषि क्षेत्रका दातृ निकायहरूलाई सहयोग पुर्याउन पनि आह्वान गरिएको छ।
यसैगरी, सुख्खा र गर्मीले गर्दा वीरगन्ज लगायतका क्षेत्रमा देखिएको खानेपानी सङ्कट समाधानका लागि स्रोत साधन परिचालन गर्ने निर्णय पनि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे