
काठमाडौँ, असार २७। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा इटालीको एफएओको ४४औं अधिवेशन र जर्मनी भ्रमणपछि आज स्वदेश फकिएकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा। राणाले सम्बोधन गरेकी थिइन् ।एफएओ सम्मेलनमा उनले नेपालले खाद्य अधिकारलाई मौलिक अधिकारका रूपमा मान्यता दिएको र जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई अनुदानमा आधारित जलवायु वित्तको माग गरेकी छन्।
जर्मनीमा, उनले जर्मन विदेशमन्त्री संग द्विपक्षीय भेटवार्ता गर्दै व्यापार, हवाई सेवा र नेपालमा जर्मन लगानी बढाउने अपील गरिन। साथै, यूरोपियन युनियनले नेपाली एयरलाइन्समाथि लगाएको प्रतिबन्ध हटाउन जर्मनीको सहयोग मागेकी छन् । उनलाई विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईले स्वागत गरेका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे