
काठमाडौँ | मन्त्रालयले साउन १ गतेदेखि यसलाई दुई पालीमा संचालन गर्ने तयारी भइरहेको जनाएको छ। हाल धरहरा प्रतिदिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुला हुन्छ। सार्वजनिक बिदाका दिन यो बन्द रहन्छ भने शनिबारको साप्ताहिक बिदाको सट्टामा अहिले बुधबार धरहरा बन्द गरिन्छ।
तर, सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म धरहरा खुला राख्ने तयारी भइरहेको बताए। उनले भने, “धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको छ। यसैले हप्ताको सातै दिन दुई पालीमा यो संचालन हुने व्यवस्था गरिँदैछ।”
यसअनुसार, धरहराको खुल्ने समय विस्तार गरिएको छ र पर्यटक तथा दर्शकहरूका लागि सजिलो बनाइने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे