
काठमाडौं — अहिले देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यून चापीय रेखा सामान्य स्थानमा रहेको मौसम विभागले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। गण्डकी, कर्णाली, सुदूरपश्चिमका केही र कोशी, बागमती, लुम्बिनीका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावित छ। उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना अझै जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे