
काठमाडौँ । असार १४ गते स्पेन प्रस्थान गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भई साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ। सम्मेलन स्पेनको सेभिया सहरमा आयोजना भएको हो। भ्रमण अवधिमा उहाँले विभिन्न देशका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभयो र विकास, जलवायु वित्त, लगानी प्रवर्द्धन लगायत विषयमा उच्चस्तरीय सत्रहरूलाई सम्बोधन गर्नुभयो। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता, गेट्स फाउन्डेसनको कार्यक्रममा सहभागिता, एलडिसी अध्यक्षको हैसियतमा सम्बोधन, तथा नेपाली समुदायसँग भेट उहाँको कार्यतालिकामा परेका थिए।
मेड्रिड पुगेर उहाँले प्रादो राष्ट्रिय सङ्ग्रहालय र नेपाली दूतावासको निरीक्षण गर्नुभयो। सेभियाबाट म्याड्रिड पुगेर उहाँले ‘नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्द्धन साँझ’ कार्यक्रममा पनि सहभागिता जनाउनुभयो। प्रधानमन्त्री ओली शुक्रबार अपराह्न दोहा हुँदै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे