
काठमाडौं, असार १९ — पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज (बुधबार) बयान र थुनछेक बहस हुने भएको छ। पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ । पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार आरोप लागेको हो। नेपाल प्रहरीले उनी सञ्चालन गर्ने युट्युब कार्यक्रम “द फ्रन्टलाइन” मार्फत समाजमा घृणा, द्वेष, भ्रम फैलाएको, आपत्तिजनक अभिव्यक्ति दिएको र जातीय विद्वेष फैलाउने सामग्री प्रसारण गरेको भन्दै मुद्दा दायर गरेको हो।
प्रहरीको साइबर ब्यूरोले असार १६ गते सार्वजनिक उजुरीको आधारमा अनुसन्धान सुरु गरी अभियोगपत्र जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो। आज अदालतमा उपस्थित गराइएपछि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कि तारेखमा रिहा गर्ने भन्नेबारे बहस हुनेछ।
जिल्ला सरकारी वकिल कार्यालयले थुनाको माग गर्ने सम्भावना छ भने पाठकका कानुनी प्रतिनिधिहरूले तारेखमा छाड्न माग गर्नेछन्। दोषी ठहर भएमा २ लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे