
काठमाडौँ — सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायत शीर्षकहरूमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नेछन्। साथै, उनले ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ र ‘भन्सार विधेयक, २०८०’ पनि विचारार्थ प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभा समक्ष टेबुल गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे