
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसद्मा सर्वसम्मतिले पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा फेरबदल गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो घटनालाई सामान्य त्रुटिका रूपमा नलिएर “देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्को अपमान” का रूपमा व्याख्या गरेका छन्।
कोइरालाले विधेयकमा अनधिकृत संशोधन गर्नु संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको खिल्ली उडाउनु भएको बताएका छन्। उनले घटनामा संलग्न जो-कोही भए पनि ती सबैलाई तत्काल कारबाहीको दायरामा ल्याइनु पर्ने माग राखेका छन्।
नेता कोइरालाले ‘कुलिङ पिरियड’ नराखी विधेयकको बाँकी प्रक्रिया अघि बढाउन नहुने स्पष्ट गर्दै, परिवर्तन गरिएको व्यवस्था आजै फिर्ता लिई विधेयकलाई पुरानै अवस्थामा फर्काउन सरकारलाई आग्रह गरेका छन्।
यस विषयमा व्यापक सार्वजनिक चासो र आलोचना भइरहेका बेला नेतृत्त्व तहबाट आएको यस्तो प्रतिक्रिया संसद्को गरिमा र विधिको शासनप्रति सचेत रहनुपर्ने सन्देश दिनेसमेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे