
काठमाडौँ । सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ८ बजेर ३९ मिनेटमा महसुस गरिएको हो।
हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त नभएको केन्द्रले जनाएको छ। स्थानीय बासिन्दाहरूले हल्का रूपमा कम्पन महसुस गरिएको प्रतिक्रिया दिएका छन्। भूकम्पले जनजीवनमा ठूलो असर नपरेको प्रारम्भिक विवरणहरूमा उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे