
काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिमका एकदुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
साथै, उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिमसहितका पहाडी क्षेत्रमा सामान्य बदली रही मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले भारी वर्षाको सम्भावनाका कारण पहिरो, बाढी तथा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे