
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गर्ने सरकारको निर्णयमा अझै असन्तुष्ट रहेको भन्दै राप्रपाले यस्तो निर्णय गरेको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा निकालेको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको समय तोकिएको छ । समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे