
ललितपुर, गोदावरी – नेपाली सेनाले ललितपुरको गोदावरी नगरपालिका–६ स्थित निर्धारण गरिएको क्षेत्रमा फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ।
वडा कार्यालयले नेपाली सेनाको बड्ककबर गण, देवेढुडा ब्यारेकबाट प्राप्त जानकारीका आधारमा सार्वजनिक सूचना जारी गर्दै २०८२ साल जेठ ६ गतेदेखि १२ गतेसम्म सेना अभ्यास सञ्चालन हुने जानकारी दिएको हो।
फायरिङ अभ्यासका क्रममा सेनाले प्रशिक्षण प्रयोजनका लागि वास्तविक गोली प्रहार गर्ने भएकाले उक्त अवधिभर आम सर्वसाधारणलाई सो क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ।
साथै, वडा कार्यालयले पशुपालनमा संलग्न व्यक्तिहरूलाई पशु चौपायालाई सो क्षेत्रमा नछोड्न आग्रह गरेको छ, ताकि कुनै अप्रिय दुर्घटना नहोस्।
वडा सचिव प्रभु रिजालले हस्ताक्षरित सूचनामा अभ्यास अवधिभर स्थानीयवासी तथा गोठालाहरूलाई विशेष सतर्कता अपनाउन र आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे