
काठमाडौँ । रास्वपाका सांसदहरूले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।
रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । रास्वपाका सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए । राप्रपाका सांसदहरु पनि बैठक कक्षबाट बाहिरिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे