
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अड्कल नगर्न आग्रह गरेका छन्।
बिहीबार पार्टीका जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले विधान महाधिवेशनभन्दा अगाडि नेतृत्वबारे चर्चा र विवाद नगरिनुपर्ने स्पष्ट पारे।
‘विधान महाधिवेशनले विधि र मार्गरेखा तय गरेपछि मात्रै नेतृत्वको विषयमा औपचारिक छलफल गरौं,’ पौडेलले भने, ‘अहिल्यैबाट अनुमान र गुटगत बहसले पार्टीमा अनावश्यक तनाव सिर्जना गर्छ।’
उनले एमालेभित्र नेतृत्वबारे कुनै समस्या नरहेको उल्लेख गर्दै वर्तमान नेतृत्व आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे।
‘कतै पनि धोएको मुला जस्तो, गंगाजस्तो सग्लो पार्टी पाइँदैन,’ पौडेलले भने, ‘तर एमाले तुलनात्मक रूपमा कम समस्यायुक्त र संस्थागत पार्टी हो।’
उनका अनुसार जे-जस्ता समस्याहरू छन्, तिनको समाधान दिन सक्ने क्षमता अहिलेको नेतृत्वसँग रहेको छ।
विधान महाधिवेशनमार्फत नीति र प्रक्रियामा स्पष्टता आएपछि मात्रै नेतृत्वको बहस सार्थक हुने उनको भनाइ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे