
काठमाडौँ । प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन्। कानुनी प्रावधानअनुसार प्रदेश सरकारले यही दिन बजेट ल्याउनुपर्ने व्यवस्था छ। सातवटै प्रदेशले भौतिक पूर्वाधार निर्माण र पूँजीगत खर्च अभिवृद्धिमा केन्द्रित बजेट ल्याउने तयारी गरेका छन्।
संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेशहरूका लागि ६० अर्ब ६६ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान, ३० अर्ब ३५ करोड सशर्त अनुदान, ३ अर्ब २८ करोड समपूरक अनुदान र ३ अर्ब २७ करोड विशेष अनुदान विनियोजन गरेको छ।
राजस्व बाँडफाँट र अनुदानमार्फत संघीय सरकारले प्रदेश र स्थानीय तहमा आगामी वर्षका लागि ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने जनाएको छ। चालु वर्षमा सातवटै प्रदेशको कूल बजेट दुई खर्ब ७८ अर्ब ६७ करोड थियो। यसपालि पूँजीगत खर्चको कार्यान्वयन क्षमतालाई सुदृढ गर्दै बजेट ल्याइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे