
एजेन्सी । अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासी माथि भएको छापाको विरोधमा प्रदर्शन उग्र बन्दै छ। आप्रवासी र प्रहरीबीच झडप भइरहेको छ, र यसले आगजनी र तोडफोड जस्ता घटनाहरु बढाएको छ।
अमेरिकी सरकारले प्रदर्शन नियन्त्रण गर्न ७०० जलसेना (मिलिटरी) तैनाथ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी पक्राउ र देश निकाला बढाएका छन्। उनले लस एन्जलसमा २ हजार सुरक्षाकर्मी लगाएको बताएका छन् र यो निर्णय राष्ट्रिय सुरक्षाको लागि जरुरी भनेका छन्।
यसको विरोधमा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। डेमोक्र्याट पक्षका गभर्नरहरु सेना परिचालनको विरोधमा एकजुट भएका छन्। उनीहरुले यो कदम अनावश्यक र जनताको स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताएका छन्।
यसरी अमेरिकामा आप्रवासी नीति लिएर सरकार र विपक्षबीच तनाव बढ्दै गइरहेको छ। प्रदर्शनकारीहरुले न्याय र समानताको माग गर्दै सडकमा उत्रिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे