
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रिय सुरक्षालाई मुख्य कारण देखाउँदै जारी गरिएको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा तीव्र प्रतिक्रिया निम्त्याएको छ।
ट्रम्प प्रशासनका अनुसार प्रतिबन्धित देशहरूमा पहिचान प्रमाणीकरण प्रणाली कमजोर छ, भिसा अवधि नाघेर बस्नेको अनुपात उच्च छ, र ती देशहरूबाट आतंकवादी गतिविधिमा संलग्न हुने सम्भावना रहेको जनाइएको छ।
प्रतिबन्धित १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। साथै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला जस्ता देशहरूमाथि आंशिक प्रतिबन्ध लगाइएको छ।
यो निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, आप्रवासी समुदाय र मानवअधिकार समूहहरूबाट व्यापक आलोचना खेपिरहेको छ। आलोचकहरूले यस निर्णयलाई विभेदकारी, गैरसंवैधानिक र अमेरिकी लोकतान्त्रिक मूल्यविपरीतको कदम भनेका छन्।
ट्रम्पको यो निर्णयले अमेरिका र विश्व समुदायबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ। आगामी दिनमा यस प्रतिबन्धविरुद्ध कानुनी चुनौतीहरू र कूटनीतिक प्रतिक्रियाहरू कसरी अघि बढ्छन् भन्ने विषय चासोको विषय बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे