
काठमाडौं, २१ जेठ — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे प्रत्यक्ष रूपमा प्रतिनिधि सभामै जवाफ दिने बताएका छन्। आज बिहान बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूका क्रममा उनले यस्तो बताएका हुन्।
उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले प्रश्न सोध्न र जवाफ पाउन नपाउने भएकाले संसद्मै बोलेर स्पष्ट पार्ने बताएका हुन्। “यस विषयमा म संसद्मै बोलेर जवाफ दिन्छु,” गृहमन्त्री लेखकले भने, “समितिमा सबै सांसदहरू हुनुहुन्न, त्यसैले संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन अनुरोध गर्दछु।”
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसै प्रकरणसँग जोडिएर गृहमन्त्री लेखक पनि विवादमा तानिएका छन्। विपक्षी दलहरूले उनलाई जिम्मेवार ठहर गर्दै राजीनामाको माग गर्दै आएका छन् र संसद अबरुद्धसमेत गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे