
काठमाडौं, २० जेठ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मेयर बालेन शाहको मौखिक निर्देशनमा लाई काआफूर्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो ।
गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो । प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे