
काठमाडौं, १९ जेठ। राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गर्ने भनेको बन्दको कार्यक्रम फिर्ता लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण उपत्यका बन्दको कार्यक्रम नगर्ने लिङदेनले वक्तव्यमा स्पष्ट पारेका छन् । हिजो पक्राउ परेका सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरिसकेको छ । राप्रपा अध्यक्ष लिङ्देनले सामान्यतया बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको उल्लेख गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे