• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

३ घण्टा अघि
२

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

४ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१ दिन अघि
४

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१ दिन अघि
५

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

१ दिन अघि
६

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

१ दिन अघि
७

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

१ दिन अघि
८

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

१ दिन अघि
९

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

२ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

२ दिन अघि
११

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२ दिन अघि
१२

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ १६, आईतबार (४ साल अघि)

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलो खोला जलविद्युत् आयोजना निर्माण सुरु

  • 5,744 Views
  • काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलो खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालिले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।

    आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथि ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने, “एक हप्ताभित्र बाँध तर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”

    तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउट लेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।

    कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत गृहको कामले गति लिएको छ ।

    विद्युतगृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।

    यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।

    पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    तुदी पावर लिमिटेड प्रवर्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।

    रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।

    राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    ३ घण्टा अघि

  • २

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    ४ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १ दिन अघि

  • ४

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १ दिन अघि

  • ५

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    १ दिन अघि

  • ६

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    १ दिन अघि

  • ७

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    १ दिन अघि

  • ८

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    १ दिन अघि

  • ९

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    २ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    ३

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ४

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ५

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा
    ६

    ‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution