
काठमाडौँ, १४ जेठ — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई आफूसँग जोड्नु अन्याय भएको बताएका छन्। बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो विरुद्ध कुनै औपचारिक उजुरी वा छानबिन नभएकाले राजीनामा दिनु आवश्यक नभएको जोड दिए।
“मैले न्याय पाउन पर्छ। कर्मचारीमाथिको अनुसन्धानलाई नेतृत्वमा जोड्न खोज्नु अनुचित छ,” उनले भने। यसैबीच, विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोग गठनको माग गरी प्रतिनिधिसभामा अवरोध जारी राखेका छन्। उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए । गृहमन्त्री लेखकले भने ‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध चलाइएको हल्लालाई राजनीतिप्रेरित षडयन्त्रको संज्ञा दिएका छन्। गृहमन्त्री लेखकले भने, ‘यो असत्य र बेठिक कुरा हो, मेरो कुनै संलग्नता छैन। नियोजित र षडयन्त्रमूलक ढंगले आक्रमण भएको छ । यो राजनीतिक स्वार्थप्रेरित छ।’
मंगलबारदेखि संसद् बैठक स्थगित छ, तर विपक्षले जेठ १५ मा हुने बजेट प्रस्तुतिलाई अवरोध नगर्ने बताएको छ। गृहमन्त्रीले संवैधानिक निकायहरूको अनुसन्धान प्रक्रियामा हस्तक्षेप नगर्न पनि आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे