
काठमाडौँ , १३ जेठ । प्रतिनिधिसभाको अर्को बैठक अब बुधबार बिहान ११ बजे बस्ने भएको छ। मंगलबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले आजको बैठक चल्न नदिएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूले संयुक्त रूपमा बैठक अवरुद्ध गरेका थिए।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणबारे गम्भीर छानबिनको माग गर्दै उच्चस्तरीय आयोग गठन गर्न जोड दिएका छन्।
बैठक अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच सहमति गराउने प्रयास गरे पनि सहमति नजुटेपछि बैठक दुईपटक स्थगन गर्दै अन्ततः बुधबार बिहान ११ बजेका लागि सारिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे