
सूर्यविनायक, भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि बन्ध्याकरण तथा रेबीज विरुद्धको खोप कार्यक्रम सञ्चालनमा ल्याएको छ।
नगरपालिकाको पशुपन्छी विकास शाखाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत कुकुरहरूलाई जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण गरिनेछ भने, सँगसँगै रेबीज खोप पनि दिइनेछ। कुकुरको समुचित हेरचाह र सार्वजनिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी कार्यक्रम ल्याइएको जनाइएको छ।
कार्यक्रमलाई सफल बनाउन नगरवासीहरूले प्रविधिक टोलीलाई कुकुर समात्न आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ। नगरपालिकाले पशुपन्छी विकास शाखा, कटुन्जेसँग सम्पर्क गर्न आग्रह गरेको छ यदि थप जानकारी आवश्यक परेमा।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे