
काठमाडौं, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया जारी छ।
आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि स्वतन्त्र विद्यार्थी युनियन रहेको प्रत्येक कलेजबाट एक–एक जना प्रतिनिधि चयन गरिनेछ। साथै प्रत्येक स्थानीय तहबाट एक जना, प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित तीन जना प्रतिनिधि चयन गरिनेछ।
अनेरास्ववियुले जेठ १२ गतेभित्र प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रवक्ता प्रकाश पौडेलका अनुसार प्रतिनिधि छनोट लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक प्रक्रियाअनुसार हुनेछ।
“शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ” भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गरिँदैछ। प्रवक्ता पौडेलले महाधिवेशनलाई अनेरास्ववियुको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा भएको बताउनुभयो।
अनेरास्ववियुले सम्पूर्ण कार्यकर्ता, विद्यार्थी तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न सहयोग गर्न अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे