
काठमाडौं, जेठ ७ – राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड आगामी जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङका जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहान १०स्३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने जानकारी दिनुभयो। यसअघि रातिको समयमा काम हुँदै आएकोमा अब निर्माण प्राविधिक कारणले दिउँसो गर्नुपर्ने भएकाले यस्तो निर्णय भएको उनले बताए। नागढुङ्गा–पिपलामोड सडक आयोजना अन्तर्गतको निर्माणका लागि यो सडक केही समयका लागि बन्द गर्नुपर्ने प्रस्ताव आएपछि स्थानीय प्रशासनसँगको सहमतिमा दिउँसो काम गर्ने अनुमति दिइएको हो।
यस क्रममा नारायणगढ–मुग्लिन सडक योजना ९पूर्वी खण्ड०ले जानकारी दिँदै काठमाडौँबाट बाहिरिने सवारीसाधन नागढुङ्गामा र नौबिसेबाट भित्रिने सवारी खानीखोलामा रोकिने जनाएको छ।बन्दको समयमा यात्रुहरूले वैकल्पिक मार्गको रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। यात्रुहरूलाई असुविधा नहोस् भनेर आवश्यक सूचना र निर्देशन दिइने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे