
काठमाडौँ , जेठ ५ – लुम्बिनी प्रदेश सरकारले आज सोमवार ९जेठ ५० आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। प्रदेश सभाको सचिवालयका अनुसार, आज हुने प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। उहाँले प्रदेश सभामा सम्बोधन गर्दै सरकारको योजना, प्राथमिकता र विकासका दिशाहरूबारे जानकारी दिने कार्यक्रम छ।
यस पटकको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार र नवप्रवर्तन ९नयाँ सोच र प्रविधि० जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिइने बताइएको छ। सरकारले यथार्थमा आधारित, जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने योजना ल्याउने प्रयास गरेको जनाएको छ।
यसका साथै, अघिल्लो वर्षहरूमा सुरु गरिए पनि अधुरो रहेका योजना पूरा गर्ने, स्थानीय उत्पादन बढाउने, अर्ग्यानिक खेतीलाई प्रोत्साहन गर्ने, र जनताको जीवनस्तर सुधार गर्ने जस्ता विषयहरूमा जोड दिइने भएको छ। सरकारले विकासका योजना जनताको हितमा प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले यस वर्षको नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे