
काठमाडौं, जेठ ४ – ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ। संवादले पूर्व–औद्योगिक स्तरभन्दा बढी नबढ्ने गरी विश्व तापक्रम १.५ डिग्री सेल्सियसभित्र सीमित राख्न जोड दिएको छ।
आह्वानमा विकासशील तथा जोखिममा परेका मुलुकहरूलाई जलवायु कार्यान्वयनका लागि वित्तीय स्रोतमा समान र सहज पहुँच सुनिश्चित गर्न आह्वान गरिएको छ। पर्वतीय देशका लागि समर्पित कोष स्थापना, हरित पूर्वाधार, स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र प्रवर्द्धन, र विज्ञान, प्रविधिमा आधारित जलवायु समाधानलाई प्राथमिकता दिइएको छ।बालबालिका, महिला, युवा, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको सहभागितामार्फत समावेशी तथा न्यायपूर्ण जलवायु कार्यलाई प्रोत्साहन गर्ने भनिएको छ। हिमाली क्षेत्रको आवाजलाई विश्व जलवायु मञ्चमा बुलन्द गर्न अन्तरराष्ट्रिय मञ्च गठनको आह्वान गरिएको छ।
स्थानीय र आदिवासी समुदायहरूको भूमिका स्वीकार गर्दै, वातावरणीय सेवाहरूको भुक्तानी र नवप्रवर्तनकारी वित्तीय संयन्त्र विकासलाई जोड दिइएको छ। ‘सगरमाथादेखि समुद्रसम्म’ साझा आवाज बनाउने संकल्पका साथ संवाद सम्पन्न भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे