
काठमाडौँ , २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बङ्गाल खाडीको प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वागत उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सुरक्षा अङ्गका प्रमुख र सरकारका उच्चपदस्थ अधिकृतले स्वागत गरे । साथै, नेपालस्थित कूटनीतिक समुदायका डीन, इजिप्टका राजदूत र थाइल्याण्डका कार्यवाहक राजदूतले पनि प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेका थिए। यसअघि, नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो।
प्रधानमन्त्री ओली थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावाट्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १९ चैतमा थाइल्याण्ड प्रस्थान गरेका थिए । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका समकक्षीसँग आपसी चासोका विषयमा छलफल गरेका थिए । उनले २२ चैतमा बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा, उनले सदस्य राष्ट्रका समकक्षी र राष्ट्रप्रमुखहरूसँग भेटवार्ता पनि गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे