
काठमाडौँ , २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भेटवार्ता गर्ने भएका छन्। बिमस्टेक शिखर सम्मेलनका लागि बैंकक पुगेका यी दुई नेताबीचको भेट अपरान्ह ४ बजे तय भएको छ। भारतीय प्रधानमन्त्री मोदी बसेको म्यान्डारिन ओरियन्टल होटलमा यो भेट हुनेछ।
स्रोतका अनुसार, यो भेट करीब २० मिनेट चल्ने छ, जसमा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई सहभागी हुनेछन्। बिमस्टेक शिखर सम्मेलन पनि आजै हुनेछ, जसमा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन्। यो भेट संयुक्त राष्ट्रसंघको ७९औं महासभाको साइडलाइनमा भएको थियो, र ओली र मोदीको बिमस्टेक मञ्चमा यो दोस्रो द्विपक्षीय भेट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे