
काठमाडौँ,११ माघ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो । यता चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ हजार ८८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे