
काठमाडौं , पुस २६। आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५४ हजार १०० मा कारोबार भएको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्यमा आठ सयले वृद्धि भएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएकोमा आज पाँच रूपैयाँले बढेर एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे