
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे