
काठमाडौँ, १९ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्डले नेपालमा दिइने अनुदानमा ५ करोड अमेरिकी डलर थप गर्ने निर्णय गरेको छ। यसअघि अमेरिकाले ५० करोड डलर अनुदान दिएको थियो।एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले थप ५ करोड डलर अनुदानको प्रस्ताव स्वीकृत गरेको हो। अमेरिकी संसदलाई एमसीसी ले नेपालमा अनुदान सहयोग बढाउने विषयमा जानकारी दिएको थियो।
एमसीसी परियोजनाअन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण गरिने छ। यसमा काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन जोडिनेछ। नेपालमा प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको छ। उक्त परियोजनाको म्याद पाँच वर्ष हो, र २०८० साल भदौ १३ गतेदेखि कार्यान्वयन भइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे