
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोवार भैइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे