
काठमाडौँ , १८ पुस । आज नेपाली बजारमा सुन-चाँदीको मूल्यमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँ रहेको छ जुन बुधबारको तुलनामा पाँच सय रुपैयाँले बढेको छ। बुधबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँ रहेकोमा आज यो बढेर प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे