
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा नविकरण गर्दा पहिले विलम्ब शुल्क छुटको सुविधा नलिएका बीमितहरूका लागि १००% छुटको विशेष योजना ल्याएको जनाएको छ। कम्पनीले यो योजना एक पटकको लागि मात्र मान्य हुने र २०७८ पुष २९ गतेसम्म लागू हुने स्पष्ट पारेको छ।
बीमितहरूले आफ्नो बीमालेख नविकरण गर्न सम्बन्धित बीमाशुल्क तोकिएको समयभित्र अनलाइन माध्यमजस्तै CNT IPS, eSewa, Khalti, वा IME Pay प्रयोग गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। भुक्तानीपछि, भौचरको स्क्यान प्रतिलिपि [email protected] मा पठाउनुपर्नेछ।
कम्पनीले यो योजना बीमितहरूलाई विलम्ब शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्त गराउन ल्याइएको जानकारी दिएको छ। यस अवसरको लाभ उठाउन इच्छुकहरूले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे