
काठमाडौँ , पुस ७।आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको भाउ प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ र आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे