
काठमाडौँ, २ पुस ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापापाला सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघ जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे