
काठमाडौँ, पुस १ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँमा पुगेको छ। यस अघि आइतबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे