
काठमाडौँ, कात्तिक २९ । नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताए ।
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्यहरू रामबहादुर रानामगर, तारा गुरुङलगायतका नेताहरु अधिवेशनमा सहभागी हुनेछन्। अधिवेशन भोलिसम्म हुनेछ जसमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उप–सचिव सहित १२५ सदस्य समिति चयन हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे