
काठमाडौँ, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनः निर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने बताए ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँका विभिन्न सडकहरू अवरुद्ध भएको अवस्थामा कामलाई छिटो अघि बढाउँदै अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको जानकारी दिए। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि कार्यक्रममा सहभागी थिए।
उनले सीमित बजेटको सन्दर्भमा पुनःनिर्माण र पुनः व्यवस्थापनका कामहरू गर्न आवश्यक रहेकोमा जोड दिँदै, फलाम खानीका सञ्चालनमा आउने प्रक्रियाले बेलिब्रिज जस्ता संरचनाहरूका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे