
काठमाडौँ, असोज २८ । जुम्लामा यस वर्षको दसैँका समयमा १६ करोडभन्दा बढीको भेडा, खसी र अन्य पशुपन्छीको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावलका अनुसार खलङ्गा बजारमा रु १६ करोड ३२ लाख ३१ हजारको बिक्री भएको हो।
यहाँ ७,९२८ भेडा र खसी बिक्री भएका छन्, जसमा रु १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजारका खसी र ३१ लाख १६ हजारका राँगा र भैसी सामेल छन्। स्थानीय भेडाको औसत मूल्य रु १९ हजार, जुम्ली खसीको रु १६ हजार र राँगाभैँसीको औसत मूल्य रु ३८ हजार रहेको छ। पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। हालका दिनमा विभिन्न साना बजारमा पनि पशुपन्छीको कारोबार बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे